इजलासमै डा. केसीले भने– प्रधानन्यायाधीशले धम्की दिए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । अदालतको अभियोगमा पक्राउ परेका डा. गोविन्द केसीले आफ्ना साथीहरुलाई प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले धम्की दिएको बताएका छन् ।

उनीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइका क्रममा केसीले भने, ‘गोपाल पराजुलीले हाम्रा साथीहरुलाई फोन गरेर धम्की दिएका छन् ।’

आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको भन्दै उनले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गर्दा पक्राउ परेको बताए । डा. केसीले भने, ‘ म अनसन बसेको केहीबेरमै प्रहरी पुगे । आदेश बिनै मलाई पक्राउ गरियो । म रैती होइन सार्वभौम नागरिक हुँ।’

इजलासमै प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको जिकीर गरे । बहसको सुरुमै भाग लिएका केसीले उनले आफूले न्यायाधीशको सम्मान गर्ने तर न्याय बेच्ने जोसुकैका विरुद्ध लड्द जे जस्तो कारबाही भएपनि भोग्न तयार रहेको बताए ।

संविधानमै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने उल्लेख भएको स्मरण गराउँदै केसीले न्यायाधीश हुँदा गोपाल पराजुलीले गरेका निर्णयले स्वास्थ्य शिक्षाको गुणस्तरमा ह्रास आएको तर्क गर्दै प्रधानन्यायाधीशबाट उनले राजीनामा दिनुपर्ने बताए ।

निवेदकतर्फका अधिवक्ताहरुले बहस सकेपछि अहिले केसी पक्षकाले बहस गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner