अस्थायी राजधानी तोक्न सरकारलाई कुनै अप्ठ्यारो छैन –नेता पोख्रेल

  •  
  •  
  •  
  •  
  •  

दाङ, २६ पुस । नेकपा (एमाले)का नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शङकर पोख्रेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताएका छन् ।

रिपोर्टर्स क्लव दाङले आज दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको विचार व्यक्त गरे ।

उनले दाङलाई प्रदेश नं ५को अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई आग्रह गरे । पार्टी एकताका लागि आज दुई पार्टीको नेतृत्वबीच कार्यदलसहितको महत्वपूर्ण छलफल भएको उनको भनाइ थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments