रियल मड्रिड कोपा डेल रेको क्वाटर फाइनलमा

  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं, २७ पुस । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २–२ को बराबरीमा रोकिएर पनि रियल मड्रिड समग्रमा ५–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा रियल मड्रिड ३–० ले विजयी भएको थियो । बुधबार राति घरेलु मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि रियल मड्रिड १० खेलाडीमा सीमित भएको नुमान्सियासँग २–२ को बराबरीमा रोकिएको हो । १० औँ मिनेटमा लुकास भाज्क्वेजको गोलबाट रियलले सुरुवाति अग्रता लिएको थियो ।

४५ औँ मिनेटमा फर्नान्डेज हिईरोले नुमान्सियाका लागि बराबरी गोल फर्काए । ५९ औँ मिनेटमा भाज्क्वेजले रियलका लागि व्यक्तिगत दोस्रो गोल गर्दै फेरि २–१ को अग्रता दिलाए । तर ८२ औँ मिनेटमा हिईरोले नुमान्सियाका लागि फेरि बराबरी गोल फर्काए ।

इन्जुरी समयको दोस्रो मिनेटमा काल्भो सान्रोम्यान दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *