पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा, नेयमारले किन निधारमा जुत्ता राखे ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्समाथि २–० को जित निकाल्दै पिएसजी सेमीफाइनलमा पुगेको हो ।

एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई लडाएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो ।

एमिएन्स थोमस मोन्कोन्डुइट्ले नेयमारलाई फउल गरेपछि ५३ औँ मिनेटमा पिएसजीले पेनाल्टी पायो । त्यसमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गरेका थिए । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेयमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरेका छन् ।

नेयमारले किन निधारमा जुत्ता राखे ?

नेयमारले बुधबार राति फ्रेन्च लिग कपमा पहिलो पटक खेलेका थिए । लिग वान र च्याम्यिन्स लिगमा पिएसजीबाट खेलेको डेब्यू खेलमा गोल गरेका उनले नेयमारले गोल गरे ।

५३ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नेयमारले फ्रेन्च लिग कपमा गरेको पहिलो तथा पिएसजीबाट सबै प्रतियोगितामा गरेर २० औँ गोल थियो । नेयमारले बुधबार राति अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा एमिएन्स विरुद्ध गोल गरेपछि त्यसको सेलिब्रेशन फरक तरिकाले गरे ।

उनको सेलिब्रेशनले सबैको ध्यान तानेको छ, गोलले जस्तै । गोल गरेपछि नेइमारले आफ्नो जुत्ता फुकाले अनि निधारमा राखेर अनि अड्याए । उनले जुत्ता केही बेर निधारमा सन्तुलित गरेर राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner