संजय दत्तकी श्रीमती उनी भन्दा २० बर्ष कान्छी, ‘बी’ ग्रेडका फिल्म समेत खेल्छिन् !

  • 719
  •  
  •  
  •  
  •  
    719
    Shares

काठमाडौं । अभिनेता संजय दत्त चाँडै बहुप्रतिक्षित फिल्म ‘भूमि’ मार्फत कमव्याक गर्दैछन् । फिल्मको सेटमा उनकी पत्नी मान्यता बच्चाहरुको साथमा देखिन्थिन् ।

संजयले मान्यतासँग २००८ मा विवाह गरेका हुन् । २२ जुलाई १९७९ मा दिलनवाज शेख उर्फ मान्यताको जन्म मुम्बईको एक मुस्लिम परिवारमा भएको थियो । अहिले उनको परिवार दुबईमा छ । दुबईबाट मुम्बई आएकी सफल अभिनेत्री बन्न चाहान्थित । तर, उनले ठूलो रोल पाइनन र ‘बी’ ग्रेडका फिल्मा काम गर्न थालिन् ।

यसरी भयो भेटघाट

मान्यता र संजय दत्तको पहिलो भेटघाट एक सामान्य साथीकारुपमा भएको थियो । यसै सिलसिलमा उनीहरु डेट गर्न थाले । मान्यताले ‘बी’ ग्रेडका फिल्म नखेल्ने मनस्थिती बनाइन् । संजय दत्तलाई थाह थियो की मन्यताले २००५ मा ‘बी’ ग्रेडको फिल्म ‘लवर्स लाइक अस’ मा काम गरेकी छन् । यही कारण उनी खुसी थिएनन् । संजय आफै पनि चाहँदैन थिएकी मान्यता यस्ता फिल्ममा काम गरुन् ।

२० लाखमा किने फिल्मको सर्वाधिकार

त्यसपछि संजयले मान्यतको त्यो फिल्मको सर्वाधिकार २० लाखमा किने । यतिसम्की मान्यताको त्यो फिल्मका डिभिडी हटाउन उनले पुरै शक्ति खर्च गरे ।

मान्यता भन्दा पहिले यीनसँग थियो संजयको अफयेर

फिल्म ‘कान्टे’को शुटिङका क्रममा संजय जुनियर कलाकार नादिया दुर्रानीसँग नजिकिए । नादिया संजय भन्दा २० बर्ष कान्छि थिइन र उनी ९ सालकी छोरी समेत थिइन् । भनिन्छकी दुवै सँगै बस्न थालेका थिए । यहीबिचमा संजयको जिवनमा मन्यताको ‘इन्ट्रि’ भयो । नादिया संजयको सम्पती चाहान्थिन् भने मान्यताले संजयको ख्याल गर्थिन् । मान्यताको यही कुराले संजयको मन जित्यो । र दुई बर्ष पछि २००८ मा विवाह भयो ।

संजय भन्दा २० बर्ष कान्छि मान्यता

संजय र मान्यताको उमेरमा २० बर्षको फरक छ । संजय दत्त ५७ बर्ष पुगे भने मान्यता ३७ बर्ष पगिन् ।

संजयकी छोरी भन्दा ८ बर्ष जेठी मान्यता

संजय दत्तकी जेठी श्रीमती रिचा शर्माकी छोरी त्रिशला २९ बर्षकी छन् । जबकी मान्यता ३९ बर्षकी छन् । दुवैको उमेरको फरक ८ बर्ष छ । यही कारण संजयको परिवार उनीहरुको विवाहको विरुद्धमा थियो । संजयकी बहिनी प्रिया र नम्रता दत्त मान्यतालाई मन पराउदैन थिए ।

‘गंगाजल’मा गर्ल मान्यता

२००३ मा आएको प्रकाश झा को फिल्म ‘गंगाजल’मा मान्यता एक आइटम गीत ‘अल्हड जवानी’ मा डान्स गरेकी थिइन । त्यही गीतका कराण उनले बलिउडमा पहिचान बनाइन । मान्यता जब बलिउडमा आइन तब उनले आफ्नो नाम सारा खान राखेकी थिइन् ।

संजयका तीन विवाह

संजय दत्तले तीन विवाह गरेका छन् । उनकी जेठी पत्नी ऋचा शर्मा र माहिली पत्नी रिया पिल्लाई हुन् । मान्यता उनी कान्छि श्रीमती हुन् । ऋचासँग संजयले १९८७ मा विवाह गरेका थिए । तर उनको ब्रेन ट्युमरका कारण अमेरिकामा मृत्यु भएको थियो । त्यसपछि उनले मोडल रिया पिल्लाईसँग विवाह गरे । उनीहरुको २००५ मा सम्बन्ध विच्छेद भयो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments