राष्ट्रपति भण्डारीलाई सडकमै सलामी, पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार बिहान पौने १२ बजे राष्ट्रपति भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

गणतन्त्र आएपछि पहिलोपटक राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण भएको यो पहिलोपटक हो । बिहानैदेखि शालिक परिसरमा मानिसहरुको बाक्लो भीड लागेको थियो ।

दोस्रो जनआन्दोलन पश्चात पुस २७ गते पृथ्वीजयन्तीका दिन सरकारले सार्वजनिक विदा दिन छोडेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले यस वर्षदेखि फेरि सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारको उक्त निर्णयपछि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पण गर्न सिंहदरबार पश्चिम गेट आइपुगे लगत्तै नेपाली सेनाले सडकमै राष्ट्रपति भण्डारी सलामी अर्पण गरेको थियो । राष्ट्रिय झण्डासहित उपस्थित भएका सयौँ मानिसहरुले पनि शालिकमा माल्यार्पण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *