यसरी टुंग्याइँदैछ एमाले र माओवादी केन्द्रबीच पदीय भागबन्डा, माघभित्रै एकताको तयारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता माघ महिनाभित्रै गर्ने गरी गृहकार्य अघि बढेको छ । माओवादीले केन्द्रीय सरकार बन्नुअघि नै पार्टी एकता गर्न दबाब दिएपछि एमाले अध्यक्ष केपी ओलीले हिउँदमै पार्टी एकता हुने बताएका हुन् ।

एमाले र माओवादीबीच पार्टी एकताको प्रक्रिया ओली बैंककबाट फर्केर आएलगत्तै अघि बढ्ने भएको छ । तर, पनि दुवै दलमा अहिले पार्टी एकताका तीनवटा मोडालिटीबारे छलफल चलिरहेको बुझिएको छ । पहिलो मोडालिठीअनुसार एमालेले अध्यक्ष र प्रधानमन्त्री तथा माओवादी केन्द्रले सहअध्यक्ष र महासचिव लिएर पार्टी एकता गर्नुपर्ने धारणा आएको छ । यो मोडालिटीप्रति एमालेका धेरै नेता सहमत देखिएका छन् ।

यस्तै, दुवै दलका शीर्ष नेताको बैठकमा एमाले र माओवादी दुवैले अध्यक्ष वा सहअध्यक्ष लिने गरी पार्टी एकता गर्न सकिने धारणा पनि उठेको छ । यो मोडालिटीअनुसार ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार र पार्टी सञ्चालनको उच्चस्तरीय संयन्त्रमा रहनेछन् । यस्तो हुन सकेमा दुवै दलको हैसियत बराबरी हुने र पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढ्ने प्रस्तावमा छलफल चलिरहेको छ ।

यसैगरी, माओवादीलाई प्रधानमन्त्री र एमालेले अध्यक्ष वा महासचिव लिएर पार्टी एकता गर्नुपर्ने धारणा पछिल्लो समय जबर्जस्त उठेको छ । यसमा माओवादी केन्द्रका नेताहरूले धेरै जोड दिएका छन् । एमाले र माओवादीबीच पार्टी एकता भाँड्ने ढंगले परिस्थिति निर्माण भएमा यो मोडालिटीअनुसार पार्टी एकता गर्न सकिने निष्कर्षमा एमाले नेताहरू पनि पुगेका छन् । तर, अहिलेसम्म पहिलो मोडालिटीअनुसार नै पार्टी एकता गर्नुपर्नेमा दुवै दलका नेता करिब करिब सहमतिमा पुगेको स्रोतको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *