लन्डनमा चाँदीको काँटाचम्चा चोर्दै गर्दा भारतीय पत्रकार रंगेहात पक्राउ

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतीय पत्रकार चाँदीको काँटाचम्चा चोरेको आरोपमा लन्डनमा पक्राउ परेका छन् । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरु होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फक्राउ परेका हुन् ।

ममताको सम्मानमा एक होटलमा आयोजना गरिएको रात्रिभोजमा ममतासहित उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही चर्चित व्यक्तिहरु सहभागी थिए ।

रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराबाट होटल प्रशासनका कार्मचारीले नियालिरहेका थिए । सोहीक्रममा केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेको देखियो । उक्त दृश्य हेरिरहेको होटल प्रशासनले तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन ।

तर, रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई काँटाचम्चा चोरेकोबारेमा आफूहरुले थाहा पाएको बताए । त्यसपछि केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्न थाले ।

होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरे । उनले ५० डलर जरिवानासमेत तिरेका छन् ।

सो घटना जानकारीमा आएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएकी छन् । पत्रकारले काँटाचम्चा चोरेको घटनाबारे बाहिर ल्याएपनि भारतीय संचारमाध्यमले चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् ।

पत्रकारले काँटाचम्चा चारेको बाहिर आएपछि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको टिप्पणी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

One thought on “लन्डनमा चाँदीको काँटाचम्चा चोर्दै गर्दा भारतीय पत्रकार रंगेहात पक्राउ

  1. साला धोती हरुको औकात भनेको तेहि हो हाहाहा हा हा कति हास्नु

Comments are closed.