एक बर्षका छोरा तैमूरलाई कहाँ पढाउन चाहन्छन्, सैफ र करिना ?

  • 676
  •  
  •  
  •  
  •  
    676
    Shares

काठमाडौं, २७ पुस । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपूरका छोरा तैमुर एक बर्ष पुगेका छन् । १ बर्षमै उनी स्टार किड्सको सूचीमा अघि आउँछन् । यति सानो उमेरमा पनि क्यामराको अगाडि सहज रुपमा देखिने गरेका छन् ।

विमानस्थल होस्, आफन्तको घरमा होस्, जन्मदिनको पार्टी या आफ्नो स्वयंको घरको बालकोनीमा समेत फोटोग्राफरले तैमुरको पिछा छोड्दैनन् । तैमुरको नाममा बनाइएको एक इन्टाग्राम ह्याण्डललाई ६३ हजार भन्दा धरैले फलो गरेका छन् । सैफले उनलाई १३ बर्ष हुँदा इंग्ल्याण्डको बोर्डिङ स्कुलमा पढाउने बताएका छन् । सोही स्कुलमा सैफ र उनकी बहिनी सोहा पनि पढेका थिए ।

२० डिसेम्बरमा एक सालका भएका तैमूरले आफ्नो पहिलो जन्मदिन आफ्नो खानदानी घर पटौदी पैलेसमा मनाए । १५० कोठा रहेको पटोदी प्यालेस गुडगाउका लागि पटोदीमा छन् यसलाई इबहीम कोठीको नाम पनि चिनिन्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner