माओवादीका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउन लागेका छन् ।

पार्टीको निर्णयअनुसार सामूहिक राजीनामा प्रधानमन्त्रीलाई बुझाउन लागेको विनाविभागीय मन्त्री तथा माओवादीका नेता जनार्दन शर्माले मिडिया एनपीलाई जानकारी दिए । उनकाअनुसार राजीनामा दिने सबै तयारी पूरा भइसकेको छ, सम्भवतः आज नै प्रधानमन्त्रीलाई बुझाउने छौं ।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गएको असोज ३१ गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । त्यसपछि निर्वाचन सुनिश्चितताका लागि भन्दै माओवादीका ९ मन्त्री र ७ जना राज्यमन्त्रीहरु विनाविभागीय हैसियमा बसिरहेका छन् ।

राष्ट्रियसभा गठन तथा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिन लागेको मन्त्री शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *