मन्त्रिपरिषद्को बैठक बस्दै, प्रदेशको अस्थायी कार्यालय तोक्ने तयारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकले नियमित नियुक्ति प्रक्रियाको निर्णय गर्ने भएको छ । प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको भए पनि आजकोे बैठकमा सो निर्णय हुने सम्भाजना कम रहेको बुझिएको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने निर्णय गर्नेछ ।

यस्तै, कर्मचारीको स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने सरकारको तयारी छ । २० वर्ष सेवाअवधि पुगेका र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुने भएको हो ।

प्रदेशसभाका सदस्यहरूलाई सपथग्रहण गराउनेलगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अत्यावश्यक कार्यहरू तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरिएको बताइएको छ । तर, प्रदेश प्रमुखको नियुक्तिको सम्भावना आज नहुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner