बालापनको झल्को दिने नयाँ गीत ‘तारा बाजी लै लै’को भिडियो लिएर आइन् चर्चित गायिका जुना प्रसाई

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस। गायिका जुना प्रसाईंको नयाँ गीत ‘तारा बाजी लै लै’ सार्वजनिक भएको छ । हरेक मानिसले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवनको सजीव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा समेटिएको छ ।

नदेखेको भए हुन्थ्यो तिमीलाई’ गीतबाट चर्चामा आएकी गायिका प्रसाईंले पप, आधुनिक र पूर्वेली लोक गरेर दर्जनौ गीतमा स्र दिएकी गायिकाको हालै सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माका शब्दमा स्वयम् शर्माले नै संगीत भरेका छन्।

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन्। गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *