सर्वदलीय सहमतिपछि मात्र सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्ने, छिन्ताङमा मारिएका १६ जना सहिद घोषणा

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं, २८ पुस । सरकारले शुक्रबार पनि प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी कार्यालय तोक्न सकेन । केही सामान्य निर्णय गर्दै आज बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पञ्चायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । २०३६ कात्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला ३८ वर्षपछि सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहमतिकै आधारमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी कार्यालय नियुक्ति गर्नुपर्ने पक्षमा रहेकाले आजको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नलिएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका पाँच दर्जन बढी नियुक्तिसम्बन्धी फाइल मन्त्रिपरिषद् बैठकमा पुगेको थियो ।

यस्तै, कर्मचारीको स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने सरकारको तयारी पनि रोकिएको छ । २० वर्ष सेवाअवधि पुगेका र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने सरकारको तयारी थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments