ऐश्वर्या देखि करिनासम्म, यी ११ अभिनेत्रीले छोडे सलमान, शाहरुख र अमिरका फिल्म !

  • 237
  •  
  •  
  •  
  •  
    237
    Shares

काठमाडौं । सालमान खानको फिल्म ‘ट्यूवलाइट’ रिलिज भएको छ । यो फिल्ममा सलमानले चिनियाँ अभिनेत्री जूजूका साथमा स्क्रिन शेयर गरेका छन् । बलिउडमा जो कोही अभिनेत्री सलमानसँग काम गर्न चाहान्छन् । सलमान मात्रै हाइन शाहरुख र अमिरको पनि यस्तै अस्टारडम छ । बलिउडमा केही यस्ता हिरोइन पनि छन् जसले तीन खानका फिल्ममा काम गर्न अस्विकार गरे ।

१. पारिश्रमीक नमिल्दा करिनाले छोडिन् शारुखको फिल्म

शाहरुखको फिल्म ‘कल हो ना हो’मा करिना कपूरलाई अफर आएको थियो । करण जोहर चाहान्थेकी यो फिल्ममा करिना लिड रोल प्ले गरुन । करिनालाई पनि यो फिल्ममा काम गर्न इच्छा नभएको होइन । तर, उनी शाहरुखले जतिनै पारिश्रमकि चाहान्थिन् । शाहरुखले जति पारिश्रमिक नपाए पछि यो फिल्म उनले छोडिन् । र प्रिति जिन्टाले काम गरिन् ।

२. ऐश्वर्याले अमिरको फिल्ममा काम गर्न अस्विकार गरिन्

‘द कपि शर्मा शो’ ऐश्वर्या राय बच्चनले अमिर खानको फिल्म ‘राजा हिन्दुस्तानी’को अफर अस्विकार गरेको खुलसा गरेकी छन् । त्यो समयमा उनी फिल्म भन्दा पढाइमा ध्यान दिन चाहेका कारण फिल्ममा काम गर्न अस्विकार गर्नु परेको बताएकी छन् । सन् १९९६ मा आएको यो फिल्ममा करिश्मा कपुरलाई खेलाइयो ।

३. प्रियंकाले पनि छोडिन् अमिरको फिल्म

अमिरको ‘गजनी’बाट प्रियंका चोपडालाई अफर आएको थियो । उनले आफ्नो भूमिका बारेमा बुझ्न चाहिन् । तर, निर्माण पक्षले बताउन चाहेन जसका कारण उनले यो फिल्म छोडिन् ।

४. दिपिकाले सलमानका ३ फिल्ममा अस्विकार गरिन्

सलमान खानको साथमा काम गर्ने इच्छा जो सुकै अभिनेत्रीसँग हुन्छ । तर, दिपिका पादुकोणले भने सलमानका ३ फिल्ममा काम गर्न अस्विकार गरेकी छन् । ‘किक’, ‘प्रेम रतन धन पायो’ र ‘सुल्तान’मा उनले काम गर्न अस्विकार गरिन् । सुल्तानमा अनुष्का शर्माले अभिनय गरेकी छन् । दिपिकालाई हिरोइनको रोल चित्त नबुझेपछि अस्विकार गरेकी हुन् । यसका साथै उनले शाहरुखको ‘जबतक है जान’ र अमिरको ‘धूम–३’ पनि अस्विकार गरिन् ।

५. कंगनाले समेत शाहरुखको फिल्म अस्विकार गरिन्

आनन्द एल रायको अपकमिङ फिल्म शाहरुख खान स्टारर अनटाइटल्ड फिल्ममा कंगनलाई अफर गरिएको थियो । तर, उनले त्यो फिल्म अस्विकार गरिन् । ‘कफि विद करन’ मार्फत उनले यो कुराको खुलसा गरेकी हुन् । यो फिल्म सेन्ट्रिक भएकाले उनले अस्विकार गरेको बताएकी छन् । जबसम्म एक्टर–एक्ट्रिसको रोल बराबर हुँदैन त्यस्ता फिल्ममा काम नगर्ने उनको तर्क छ ।

६. शाहरुखको आमा बन्न तयार भइनन स्वरा

‘प्रेम रतन धन पायो’ मा सलमाकी बहिनीको भूमिका निभाएकी स्वरा भास्करले शाहरुखको फिल्म अस्विकार गरिन् । ‘रान्झणा’, ‘तनु वेड्स मनु’, ‘निल बटे सन्नाटा’ जस्ता फिल्ममा देखिएकी स्वाराले आनन्द एल रायको आगमी फिल्ममा अफर आएको थियो । जुन फिल्ममा शाहरुखको मुख्य भूमिका रहनेछ । त्यो फिल्ममा उनले आमाको रोल अस्विकार गरिन् ।

७. ट्विंकलले छोडिन् ‘कुछ कुछ होता है’

फिल्म ‘कुछ कुछ होता है’ को लिड हिरोइनको रोल करण जोहरले पहिले ट्विंकल खन्नालाई अफर गरेका थिए । त्यो फिल्मको रोल उनलाई ध्यानमा राखेर लेखिएको थियो । तर उनले अस्विकार गरिन् । कथा मन नपरेको भन्दै उनले अस्विकार गरेकी हन् । यो फिल्म बलकबस्टर सावित भयो ।

८. परिणितीले तीनका फिल्म छोडिन्

सलमान खानको ‘किक’ फिल्ममा परिणिती चोपडालाई अफर गरिएको थियो । तर उनले अस्विकार गरिन् । उनले एक अन्तवार्तामा तीन खानका केही फिल्मका अफर आएपनि हिरोइनका रोल कमजोर भएका कारण अस्विकार गरेको बताएकी छन् ।

९. सलमानकी बहिनी बन्न मानिनन् अमृता राव

सलमान खानको सुपरहिट फिल्म ‘प्रेम रतन धन पायो’मा उनकी बहिनीको भूमिकाको अफर अमृता रावलाई आएको थियो । तर उनी सलमानसँग रोमान्स गर्न चाहान्थिन् । यही कारण उनले फिल्म अस्विकार गरेको बताइएको छ । त्यो रोल स्वरा भास्करले निभाएकी छन् ।

१०. ‘दि तो पागल है’ अस्विकार गरेकी चावला

शाहरुख खानको फिल्म ‘दिल तो पागल है’मा करिश्मा कपुरको रोल पहिले जुही चावलालाई अफर गरिएको थियो । तर उनले जवाफ नफर्काएपछि त्यो रोल करिश्मालाई दिइएको थियो । फिल्म सुपरहिट भयो र करिश्मालाई बेस्ट सर्पोटिङ एक्ट्रिसको अवार्ड समेत मिल्यो ।

११. भूमिका कमजोर नभएको भन्दै विद्याले छोडिन् सलमानको फिल्म

विद्या बालनलाई सलमान खानको ‘किक’ फिल्मको अफर आएको थियो । तर उनले भूमिका कमजोर भएको भन्दै अस्विकार गरिन् । यो रोल ज्याकिलले निभाइन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner