बावुको पदचाप पछ्याउँदै दयाहाङ राईका छोरा, देखाए एक्सन कला (भिडियो)

  • 340
  •  
  •  
  •  
  •  
    340
    Shares

काठमाडौं, २८ पुस । नेपाली चलचित्रका चर्चित नायक हुन्, दयाहाङ राई । रंगमञ्चबाट पर्दामा आएका राई अहिलेका सफल र व्यस्त नायकमा पर्छन् । उनको आफ्नै मौलिक अभिनय कला छ, जसलाई दर्शकले निकै रुचाएका छन् । थुप्रै हिट फिल्म दिइसकेका राई अभिनित चलचित्र ‘मिस्टर झोले’ पुस २८ मा रिलिज हुनेछ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रको प्रिमियर शुक्रबार राजधानीमा गरियो । कुमारी हलमा भएको प्रिमियर शो सकिएपछि करिब ७ बर्षका एक बालक देखिए । उनले एक्सन कला देखाएर त्यहाँ उपस्थित सबैलाई छक्क बनाए । ती बालक अरु कोही नभएर दयाहाङका छोरा सम्दुहाङ हुन् । वेनुका राईसँग विवाह गरेका दयाहाङका सम्दुहाङ एकमात्र छोरा हुन् ।

‘मिस्टर झोले’ मा दयाहाङका साथै बर्षा राउत, दिया पुन, पुस्कर गुरुङ, बुद्धी तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner