कोचिएर यात्रा गर्दा महिला यौन हिंसामा

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

निता महर्जन

काठमाडौँ, २८ पुस ।काठमाडौं उपत्यका अधिकांश नेपालीको सपनाको सहर हो । यहाँ आएमा सबै कुराको सम्भावना रहेको बुझाइ छ । त्यसैले मुलुकभरका मानिसहरु काठमाडौंमा आएर आफ्नो पेशा व्यवसायलगायतका कार्य गरेका हुन्छन् । त्यसमाथि मुलुकको प्रमुख प्रशासनिक कार्यालय पनि काठमाडौंमै भएकाले मानिसको चाप बढ्दै गएको छ ।

घुमफिर गर्नेदेखि विभिन्न कामका लागि काठमाडौं बस्ने र आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएपनि यसलाई व्यवस्थित भने गर्न सकिएको देखिँदैन । यसैको एउटा उदाहरण हो– सार्वजनिक यातायात सेवा ।

काठमाडौँमा यात्रुको चाप र अव्यवस्थित सवारी साधन सञ्चालनले दैनिक यात्रा गर्नुपर्ने कामकाजीहरु निकै सकसमा पर्ने गरेका छन् । त्यसो त सवारी साधनका चालक र सहचालक पनि हैरानीमा छन् । जथाभावी हुने जामको मार खेपेका चालकहरु यात्रुले जहाँ पायो त्यहीँ रोक्न लगाउने कार्यले कारबाहीमा पर्ने गरेका छन् ।

कार्यालय समयमा सवारी साधनको अभावले कोचिएर तथा ज्यान नै जोखिममा पारेर ढोका झुण्डिएर यात्रा गर्नुपरेकोयात्रुको गुनासो रहेको छ । त्यसमाथि तोकिएको भन्दा बढी भाडा लिने सहचालकको व्यवहार असभ्य रहेको काठमाडौं उपत्यकामा भेटिएका अधिकांश यात्रुहरुले बताए ।

ललितपुरको गोदावरी–लगनखेल रुटमा यात्रारत् रिता तामाङले भनिन्, ‘कोचिएर यात्रा गर्दा निकै गाह्रो हुन्छ । यसरी यात्रा गर्दा कति महिलाहरु पुरुषबाट यौन हिंसामा पनि परेका छन् । समयमा अफिस र घर घर पुग्न नसक्दाको समस्या त छँदैछ ।’

यता कार्यालय समयमा यात्रुलाई बेलैमा गन्तव्यमा पु¥याउन क्षमताभन्दा बढी यात्रुलाई चढाउनु पर्ने बाध्यताले विभिन्न समस्या भोग्नु परेको चालकहरुको गुनासो छ । बिहान–साँझको समयमा यात्रु जबरजस्ती ढोकामा झुन्डिएर यात्रा गर्दा दिनभर कमाउने पैसा ट्राफिक प्रहरीलाई बुझाउनु पर्ने अवस्था रहेको चालकहरुले बताए । उनीहरु भन्छन्, ‘ढोकामा नझुण्डिनूस् भन्दा यात्रु मान्दैनन्, तर ट्राफिकले चिट काट्दा दिनभरको कमाइ सकिन्छ ।’

ललितपुरको गोदावरी–लगनखेल रुटका चालक निरज भन्छन्, ‘बेलुकाको समयमा दुईचारजना धरै चढाउन सकिएमा केही रकम जोगाउन सकिने भएकाले ट्राफिकबाट जोगिँदै जोखिम उठाएर यात्रु चढाउनु परेको छ ।’ यात्रुको बाध्यतालाई आफ्नो कमाउको समय ठानेर सार्वजनिक यातायातका साधनले क्षमता भन्दाबढी यात्रु कोचेर यात्रा गराउने गरेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ ।

सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने तर्फ चालक, सहचालक, यात्रुसहित जिम्मेवार निकाय मौन छन् । जस कारण अपेक्षा गरिएजस्तो सार्वजनिक यातायात सेवा व्यवस्थित र मर्यादित बन्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments