म्यानचेस्टर सिटीलाई जिल्लाउँदै सान्चेजलाई म्यानचेस्टर युनाइडेडले अनुबन्ध गर्दै !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ पुस । आर्सनलका स्टार स्ट्राइकर एलेक्स सान्चेजलाई अनुबन्ध गर्न दुई म्यानचेस्टरको होड देखिएको छ । लामो समयदेखि म्यानचेस्टर सिटीको नजरमा रहेका चिलीका सान्चेजलाई पछिल्लो समय युनाइटेडले अनुबन्ध गर्ने सम्भावना बढेको बताइएको छ ।

आर्सनलले सान्चेजलाई अनुबन्ध गर्न ३५ मिलियन पाउण्ड तिर्नुपर्ने बताएको छ । सान्चेजका एजेन्टले अनुबन्धबापत आफूले थप पाँच मिलियन पाउनु पर्ने बताएका छन् ।

यसरी हेर्दा सान्चेजलाई अनुबन्ध गर्न चाहने क्लबले उनका लागि समग्रमा ४० मिलियन पाउण्ड खर्चिनुपर्नेछ । यो म्यानचेस्टर सिटीले तिर्न चाहेको भन्दा दोब्बर हो । म्यानचेस्टर युनाइटेड भने राम्रो खेलाडीका लागि बढी रकम पनि खर्चिन तयार रहेको बताइएको छ ।

युनाइटेडका प्रशिक्षक मोरिन्होले सान्चेज अभूतपूर्व खेलाडी रहेको बताउँदै उनलाई अनुबन्ध गर्न आफु, युनाइटेडको बोर्ड र लगानीकर्ताहरु तयार रहेको बताएका छन् । सान्चेजलाई फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पनि अनुबन्ध गर्न चासो देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner