बाथरुममा लडेर यसरी गुम्छ ज्यान, यस्ता छन् बच्ने उपाय

  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

डा. रविन्द्र पाण्डे

१. केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।

२. पुस ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा लडेर नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१ बर्षिय उमेशचन्द्र घिमिरेको निधन भयो ।

३. केहि समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको मुक्तिनाथ गाविसको होटल बममार्नीको बाथरुममा लडेर मृत्यु भयो ।

४. गत असोजमा गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भयो ।

५. खोटाङको माक्पा–३ बेप्लाका २१ वर्षीय खुसीमान राईको मलेसियामा बाथरुममा लडेर मृत्यु भयो ।

६. नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बाथरुममा लडेर मृत्यु भयो । त्यस्तै भारतका चर्चित बाबा कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना बेलाबखतमा घटिरहेका छन् । मानिस वाथरुममा लड्नुको कारणबारेमा चाहिँ खासै चर्चा हुँदैन । बाथरुम अँध्यारो हुनु, चिप्लो हुनु, साबुन र सेम्फुको चिप्लो रहनु, बाथरुममा पानीको काम पर्नु, बाथरुमको भुइँ चिप्लो हुनु, चप्पल खश्रो सोल भएको प्रयोग नगर्नु, रातिमा अर्धहोशमै बाथरुम जानु जस्ता दर्जनौं कारणले गर्दा बाथरुममा दुर्घटना बढिरहेको छ ।

बाथरुममा लड्दा मृत्यु हुने प्रमुख कारण हेड इन्जुरी हो । अपांगता हुने प्रमुख कारण इस्पाइनल इन्जुरी हो । बाथरुममा लड्दा जुन अंगमा ठोकिन्छ, त्यहि अंग र सँगै रहेको हड्डीमा असर पर्छ । जसका कारण आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हात्खुता भाँचिने, शरीरका भित्री अंगमा रगत जम्ने, भित्री अंगलाई चोट पुग्ने, गर्भवतीको गर्भपतन हुने लगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नु पर्दछ ।

त्यसैले बाथरुमलाई सफा, ओसिलो, खस्रो तथा कारणबश लडेमा कम क्षति हुने प्रकारको बनाउनु, खस्रो सोल भएको चप्पल प्रयोग गर्नु, प्रकाशको पर्याप्त व्यवस्था गर्नु, साबुन रसेम्फुको चिप्लो नराख्नु, भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने , सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने,चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्माको प्रयोग गर्ने, राति उठेर केहि मिनेट बसेपछि अर्थात पूर्ण होसमा आएपछि मात्र बाथरुम जाने गर्नुपर्छ । निद्रा लाग्ने औषधिसेवी र मादक पदार्थसेवीर उच्च रक्तचाप भएका तथा बृद्धबृद्धाले बिशेष ख्याल गर्नुपर्ने लगायतका उपाय अपनाउनुपर्छ । यो उपेक्षित गरिएको तर सबैतिर भइरहेको ठूलो स्वास्थ्य समस्या हो । बाथरुम सुरक्षा चेतना हामीले नफैलाए कसले फैलाउने ?

पाण्डे जनस्वास्थ्य बिज्ञ हुन् । यो सामाग्री हामीले उनको फेसबुकमाट सभार गरेका हौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

2 thoughts on “बाथरुममा लडेर यसरी गुम्छ ज्यान, यस्ता छन् बच्ने उपाय

Comments are closed.