बलिउडका ९ चर्चित प्रेम विवाह, जुन सम्बन्ध विच्छेदमा परिणत भए

  • 278
  •  
  •  
  •  
  •  
    278
    Shares

१.सुजेल खान–ऋतिक रोशन

सुजेल खान–ऋतिक रोशन र सुजेलको अक्टोबार २०१४ मा सम्बन्ध विच्छेद भइसकेको छ । उनीहरुले एक अर्कालाई १३ बर्षसम्म साथ दिए । उनीहरुका दुई बच्चा समेत छन् । सन् २००० मा उनीहरुको प्रेम विवाह भएको थियो । यो जोडिलाई बलिउडको सबैभन्दा रोमान्टिक जोडीकारुपमा लिइन्थ्यो । यो जोडि चर्चित बन्नुको कारण उनीहरको विवाह हुँदै गर्दा ऋतिकको स्टारडम बढिरहेको थियो र उनीसँग हजारौ केटी विवाह गर्न चाहान्थे ।

२. आमिर खान-रिना दत्ता

आमिर खानकी पहिली पत्नीको ना हो रिना दत्ता । रीना आमिरकी छिमेकी हुन् । दुवैको विचमा प्रेम सम्बन्ध शुरु भएपछि उनीहरुले विवाह गर्ने निधो गरे । तर अलग-अलग धर्म भएका कारण रिनाको परिवारले उनीहरुको विवाहलाई अस्विकार गर्यो । उनीहरुले १८ अप्रिल १९८६ मा भागेर विवाह गरे । १६ सालको वैवाहिक जिवनपछि २००२ मा अमिरले रिनासँग सम्बन्ध विच्छेद गरे । उनीहरुका दुई बच्चा छन् ।

३. सैफ अली खान –अमृता सिंह

करिना कपुरसँग विवाह हुनुभन्दा पहिला सैफ अली खानले आफ्नो उमेर भन्दा ११ बर्ष जेठी अमृता सिंहसँग प्रेम विवाह गरेका थिए । विवाह हुँदा सैफ २१ बर्षका थिए । उनका करियर शुरू पनि भएको थिएन् । जबकि अमृता त्यो बेला बलिउडकी स्थापीत नायिका थिइन् । उनीहरुको वैवाहिक सम्बन्ध करिब १३ बर्ष चलेको थियो । २००४ मा उनीहरु अलग भए । उनीहरुका दुई बच्चा छन् ।

४. संजय दत्त–रिया पिल्लई

संजय दत्तले १९८७ मा पहिलो विवाह ऋचा शर्मासँग गरे । १९९६ मा ऋचाको मृत्यु भयो । संजय र ऋचाकी त्रिशाला अहिले २८ बर्षकी छन् । ऋचाको मृत्यु भएको दुई बर्ष पछि संजयले १९९८ मा रिया पिल्लईसँग प्रेम विवाह गरे । तर, २००८ मा उनीहरुको सम्बन्ध विच्छेद भयो ।

५. कोन्कणा सेन शर्मा –रणवीर शौरी

रणवीरको नाम कुनैबेला नायिका पुजा भट्टसँग जोडिएको थियो । समचार अनुसार दुवै आफ्नो सम्बन्धका बारेमा संवेदनलि थिए । तर केही समयमा उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि रणवीर लामो समयसम्म नायिका कोन्कणा सेन शर्मासँग रिलेशनशिपमा रहे । रणवीर र कोन्कणाले २०१० मा विवाह गरे । उनीहरुका एक छोरा छन् । उनीहरुको २०१५ मा सम्बन्ध विच्छेद भइसेकेको छ ।

६. सारिका ठाकुर– कमल हासन

कमल हासन र सारिका इन्डस्ट्रिका बोल्ड जोडी मध्ये एक हुन् । उनीहरुले ८० को दशकमा लिभ इनमा रहने साहस देखाएका थिए । उनीहरुको पहिलो बच्चा पनि विवाह भन्दा पहिले नै भएको हो । सन् १९८६ मा उनीहरको पहिलो छोरी श्रुतीको जन्म भएको थियो । सन् २००४ मा उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

७. कल्कि कोचलिन– अनुराग कश्यप

अनुराग इन्डस्ट्रिमा ती व्यक्तिहरुको सूचीमा छन्, जसले दुई पटक विवाह गरेका छन् । ३० अप्रिल २०११ मा अनुराग कल्किसँग प्रेम विवाह गरेका थिए । २०१५ मा उनीहरको सम्बन्ध विच्छेद भयो ।

८. संगीता बिजलानी –मोहम्मद अजहरुद्दीन

१९९६ मा क्रिकेटर अजहरुद्दीनले पहिलो पत्नी नौरीनसँग सम्बन्ध विच्छेद गरेर मोडल र अभिनेत्री संगीता बिजलानीसँग प्रेम विवाह गरे । २०१० मा अजहर र संगीताको सम्बन्ध विच्छेद भयो ।

९.चित्राङगदा सिंह और ज्योति रन्धावा

२००१ मा गोल्फर ज्योति रन्धावासँग प्रेम विवाह गर्ने बलीउड अभिनेत्री चित्राङगदा सिंहको सम्बन्ध विच्छेद गरिन् । उनीहरुका एक छोरा समेत छन् । चित्राङगदा र रन्धावाको वैवाहिक सम्बन्ध १३ बर्षसम्म चल्यो । उनको करिअरका कारण उनको पर्सनल लाइफ सँधै डिस्टर्ब रह्यो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner