फ्लप फिल्मबाट डेव्यु गरेर साउथ फिल्ममा सुरपरस्टार बनेका यी ६ नायिका

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं, २१ जेठ । दक्षिण भारतीय इन्डस्ट्रीमा यस्तो केही अभिनेत्री छन् । जसले फ्लप फिल्मबाट डेव्यु गरेका थिए । तर  अहिले उनीहरु दक्षिण भारतीय चलचित्रका सुपरस्टार बनेका छन् ।

को हुन् यी ६ नायिका ?

१. प्रियामणि


प्रियामणिले २००३ मा ‘एवरे अटगाडु’ बाट डेव्यु गरेकी थिइन । जुन फिल्म सुपर फ्लप भएको थियो । प्रियामणिले स्कुल पढ्ने क्रममै मोडलिङ शुरु गरेकी थिइन् । प्रिया जब १२ कक्षामा पढ्दै थिइन् तब उनलाई तामिल फिल्म खेल्ने प्रस्ताव आएको थियो । यसका साथै उनी निर्देशक मणिरत्नमको फिल्म ‘रावण’ मा अभिषेक बच्चनका साथमा समेत देखिएकी थिइन । प्रियामणिले तमिल र मलयाली फिल्ममा समेत काम गरेकी छन् । २००७ मा उनी एक तमिल फिल्मका लागि नेश्नल आवार्ड मसेत जितेकी थिइन् । उनले ‘मधु’, ‘परुथिवीरण’ ‘थिरककथा’ ‘चारुलता’ ‘चन्डी’ सहितका सुपर हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

२. काजल अग्रवाल


काजल अग्रवाल साउथ फिल्मकी हिट अभिनेत्री हुन् । उनले २००७ मा आएको सुपर फ्लप फिल्म ‘लक्ष्मी कल्याणम’ बाट डेव्यु गरेकी थिइन् । २००७ मा उनको दोस्रो चलचित्र ‘चन्दामामा’ आयो । जसले गज्जवको व्यापार गर्यो । काजलले ‘मगधीरा’, ‘आर्या(२’, ‘वीरा’, ‘नायक’, ‘येवदु’ ‘सरदार गब्बर सिंह’ सहित कयौ हिट फिल्ममा काम गरेकी छन् ।

३. श्रिया सरन

श्रिया सरनले केही दक्षिण भारतीय हिट चलचित्रमा काम गरेकी छन् । तर, उनले फ्लप फिल्मबाट डेव्यु गरेकी थिइन् । उनले २००१ मा ‘इष्टम’ बाट डेब्यू गरेकी थिइन् । यो फिल्म फ्ल्प भएको थियो । त्यसपछि उनले ‘सन्तोषम’, ‘शिवाजी’, ‘कंथास्वामी’, ‘पवित्रा’ जस्ता हिट चलचत्रिमा काम गरेकी छन् ।

४. तमन्ना भाटिया


साउथ फिल्मकी सुपरस्टार तमन्ना भाटियाले २००७ मा आएको फिल्म ‘व्याबारी’ बाट डेव्यू गरेकी थिइन । तर, यो फिल्म फ्लप भयो । तर, उनले केही हिट फिल्ममा काम गरेकी छिन् । उनले ‘कालिदासु’, ‘तडाखा’, ‘ऊसरावेल्ली’, ‘आगदु’ जस्ता हिट फिल्ममा काम गरेकी छन् ।

५. चार्मी कौर

साउथ फिल्मकी सुपर स्टार चार्मी कौरले २००२ मा आएको फिल्म ‘नी थोडू कवाली’बाट डेव्यु गरेकी थिइन् । जुन फिल्म फ्लप भएको थियो । त्यसपछि उनले केही सुपरहिट फिल्ममा काम गरेकी छन् । उनले ‘कधाल अजहिवाथिल्लाई’, ‘आहा एथनै अजहागु’, ‘काढल किसु किसु’, ‘मास’, ‘पोलिटिकल राउडी’ लगायतका हिट चलचित्रमा काम गरेकी छन् ।

६. कामना जेठमलानी

कामनाले २००५ मा ‘प्रेमीकुलु ’ फिल्मबाट डेब्यू गरेकी थिइन् । जो फ्लप भएको थियो । त्यसपछि उनले ‘रण’ ‘टास’, ‘माछाकारन’, ‘किङ’, ‘राजाधिराजा’, ‘भाई’, लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner