के हो प्रधानन्यायाधीश पराजुलीको सर्टिफिकेट फन्डा ? (कागजातसहित)

  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares

काठमाडौं, ३० पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीका विरुद्धमा डा.गोविन्द केसी अनशन बसे । उनी चिकित्साशास्त्र अध्ययन संस्थानका बर्खास्तीमा परेका डिन डा. शशी शर्माको पुनर्बहालीको फैसला गरेको भन्दै प्रधानन्यायधिस पराजुलीको विरुद्ध अनशन बसेका थिए ।

प्रधानन्याधिस पराजुली डा.शर्माको पुनस्र्थापनाको फैसला यसअघिका नजिर हेरेर गरेको जिकिर गर्छन् । २०४९ सालमा तत्कालीन सरकारले निष्कासन गरेको निजामती कर्मचारीहरूलाई २०५२ सालमा अदालतले पुनस्र्थापना गरेको थियो ।

तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणासहितको सात सदस्यीय इजलासले सबै कर्मचारीलाई पुनस्र्थापना गरेको थियो । सरकार नियुक्तिलाई पुनस्र्थापना गरेको धेरै इतिहास छन् । कुनै संस्थानका बोर्ड सदस्यलाई समेत सरकारले बर्खास्ती गर्दा अदालतले पुनस्र्थापना गरेको नजिर अनुसार शर्माको पर्नुबहाली गरेको पराजुलीको भनाई छ ।

यस्तो छ, सर्टिफिकेटको फन्डा

पराजुलीलाई प्रधानन्याधिश बन्न रोक्नका लागि सर्वोच्च अदालत प्रशासन र बाहिर पनि दुष्प्रचाका लागि सर्टिफिकेट फण्डा यसअघि नै केही कानुन व्यवसायिले निकालेका थिए । अहिले त्यही फन्डा चर्चाको विषय बनेको छ । प्राप्त प्रमाणमा पराजुलीले २०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगन्जबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् ।

तेस्रो श्रेणीमा प्रवेशिका उत्तीर्ण भएका पराजुलीको सिम्बोल नं. ११७ छ । उनको जन्म मिति २०१० वैशाख १६ गते नै छ । यो विद्यापीठ तत्कालीन श्री ५ को सरकार र त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्था हो । हरेक व्यक्तिको सरोकारवाला निकायलाई बाहेक आफ्ना डकुमेन्ट सुरक्षित राख्ने संवैधानिक हक छ ।

तर पराजुलीलाई लगाइएको आरोपमा चितवनस्थित शारदा उच्चमाविमा फेल भएको विषयलाई जबर्जस्त रूपमा उठाइएको छ भने पास भएको डकुमेन्टलाई लुकाइएको छ । यसले पनि के स्पष्ट हुन्छ भने पराजुलीप्रतिको प्रहारका लागि यो फण्डा निकालिएको हो । सर्वोच्च अदाललते दिएको आदेश र बाहिर आउने गरेको समाचारमा लगाइएका जस्ता आरोप निराधार देखिएका छन् ।

पराजुली माथि लागेको अर्को आरोप जन्ममिति र नागरिकताको विषयमा छ । हामीलाई प्राप्त प्रमाण हेर्दा २०४० सालअगाडि राज्यले दिएको कुनै पनि नागरिकतामा पूर्ण जन्म मिति राखि“दैनथ्यो । नागरिकता बनाएको मितिमा यति वर्ष भनेर उमेरमात्रै राखिन्थ्यो । नागरिकतामा राखिने उमेर पनि जुन दिन नागरिकता लिइएको थियो, त्यही दिनलाई नै नागरिकतामा लेखेको उमेर पूरा भएको मानेर जन्म कायम गरिन्थ्यो ।

पराजुलीलाई लगाइने आरोपमा जन्ममिति सच्याएको भन्ने छ । तर कुनै पनि नागरिकताको प्रतिलिपि निकाल्ने भनेको राज्यले पहिले दिएको अभिलेखका आधारमा दिने हो ।

नागरिकतामा पराजुलीको २०३० सालमा लिइएको नागरिकतामा २१ वर्ष उल्लेख छ भने त्यसैको प्रतिलिपि निकालिएको नागरिकतामा पूर्ण जन्म मिति २०१० वैशाख १६ गते उल्लेख छ । पराजुलीका हरेक सर्टिफिकेटमा पूर्ण जन्म मिति २०१० वैशाख १६ गते नै उल्लेख छ । यद्यपी शैक्षिक प्रमाणपत्रमा भने पराजुलीकाे जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ ।

यस्ता छन् मिडिया एनपीलाई प्राप्त भएका कागजात

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “के हो प्रधानन्यायाधीश पराजुलीको सर्टिफिकेट फन्डा ? (कागजातसहित)

  1. 1 jan manchako janma miti ni diffrent huncha ra? Jun Kura Nepal rastiya bidhaya pith ra tu ko markshit la nai parmanite garako cha.1 2011-1- 13 r 2 am 2010-1-16 .nabaraj silwal la kamasu kirta garayo bhana jasto bhayana ra

Leave a Reply

Your email address will not be published. Required fields are marked *