फेसबुक स्टाटसले जुकरबर्गको ३ बिलियन डलर घाटा

  •  
  •  
  •  
  •  
  •  

बिहीबार पोस्ट गरेको फेसबुक स्टाटस फेसबुकका सिइओ मार्क जुकरबर्गका लागि महँगो साबित भएको छ । उनले व्यवसाय, ब्रान्ड र मिडिया पोस्टलाई कम महत्व दिँदै न्युज फिडमा परिवर्तन गर्ने घोषणा गरेका थिए ।

यस्तो घोषणा गरेको २४ घण्टामै जुकरवर्गले ३ दशमलव ३ बिलियन डलर गुमाउनुपरेको ब्लुमबर्ग न्युजले जनाएको छ । वाल स्ट्रिटमा शुक्रबार मात्रै फेसबुकको सेयर मूल्य ४ दशमलव ५ प्रतिशतले गिरावट आएको छ ।

यस्तो नतिजासँगै अब उनी विश्वको तेस्रो धनी व्यक्तिबाट चौथो स्थानमा उक्लिएका छन् । ७७ दशमलव ८ बिलियन डलरका मालिकका रूपमा दिनको सुरुवात गरेका उनले सेयर बजारमा आएको गिरावटका कारण ७४ बिलियन सँगै दिनको अन्त्य गरे ।

उनलाई उछिन्दै चौथो स्थानमा रहेका स्पेनिस अमानसियो ओर्टेगा तेस्रो स्थानमा झरेका छन् । जुकरबर्गकै पोस्टका कारण फेसबुकको सेयरमा गिरावट आएको आकलन गरिएको छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner