अचम्मका कानुन देशहरु

  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

विश्वभरका देशका आ–आफ्नै कानुन छन् । देशका ठाउँअनुसार पनि फरक–फरक कानुन (नियम) हुन सक्छन् । कतिपय कानुन यस्ता छन्, जुन सुन्दा नै अचम्म लाग्दछन् ।

जर्मनीमा यस्तो कानुन छ, गाडी चलाउँदै गर्दा पेट्रोल सकियो भने ठूलो जरिबाना तिर्नुपर्ने या जेल जानुपर्ने हुन सक्छ । जर्मनीकै अटोबन राजमार्गको हकमा यस्तो कानुन तोकिएको छ । किनभने, निकै व्यस्त यो सडकमा एकछिन पनि गाडी रोकियो भने ठूलो ट्राफिक जाम हुन्छ । यहाँ गाडीको गति कम्तीमा १३० देखि १५० किलोमिटर प्रतिघण्टा हुन अनिवार्य हुन्छ ।

विश्वास नलाग्न सक्छ, तर अन्डरवयरले कार सफा गर्नुलाई अपराध मान्ने ठाउँ पनि छ । यो अमेरिकाको कानुन हो । अमेरिकाको सन फ्रान्सिस्कोमा अन्डरवयरले कार सफा गर्नुलाई अपराध मानिन्छ । सन् २०२० सम्म सहरलाई ‘जिरो वेस्ट सिटी’ बनाउनका लागि यस्तो नियम लागू गरिएको हो ।

कतिपय सरुवा रोगबाट ग्रस्त व्यक्तिले लन्डनमा ट्याक्सी रोक्न पाउँदैनन् । कुनै संक्रमण भएको बिरामीले ट्याक्सी रोक्नुलाई गैरकानुनी मानिन्छ ।

सन् १८३९ देखि लन्डनमा अचम्मको कानुन लगाइएको छ । बिहान ८ बजेपछि कुनै पनि व्यक्तिले घरबाहिर फोहोर तथा धुलो सफा गर्न पाउँदैन । यस्तो गरेको पाइएमा प्रहरीले पक्राउ गर्न सक्छ ।

स्विट्जरल्यान्डमा राति १० बजेपछि ट्वाइलेट फ्लस गर्नु गैरकानुनी हुन्छ । राति यो काम गर्नुलाई ध्वनि प्रदूषण मानिन्छ । इटलीमा अनुहारमा सधैँ मुस्कान हुनु जरुरी हुन्छ । केवल कसैको मृत्युमा मात्रै दुःखी हुन सकिन्छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner