शिव श्रेष्ठले बनाउन लागेको चलचित्रमा सञ्जोग कोइराला र वर्षा राउत अनुबन्धित, दुवै हुन् प्रेमी–प्रेमिका

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० पुस । पुराना अभिनेता शिव श्रेष्ठ फिल्म निर्माणमा लागेका छन् । एक वर्षअघि ‘बाग्मती’ चलचित्रमा अभिनय गरेका श्रेष्ठ त्यसयता बेरोजगार छन् । पछिल्लो समय चलचित्र नपाएपछि ललितपुरको भैंसेपाटीमा कफी सप सञ्चालन गरेका शिवले बनाउने नयाँ चलचित्रको नाम ‘एउटा यस्तो प्रेमकहानी’ जुराइएको छ ।

दीपेश सापकोटाले निर्देशन गर्ने सो चलचित्रमा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिका रहने बताइएको छ । वर्षा र सञ्जोग विगत पाँच वर्षदेखि प्रेममा छन् । दुवैले केही समयपछि विवाह गर्ने सोच बनाएका छन् । ‘एउटा यस्तो प्रेमकहानी’ लागि तौल घटाउन वर्षा अस्ट्रेलिया गएको बताइएको छ ।

‘एउटा यस्तो प्रेमकहानी’ मा शिव श्रेष्ठले विशेष भूमिका निभाउने छन् भने नरेन खड्का, विष्णु चेम्जोङलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । ‘एउटा यस्तो प्रेमकहानी’ को कथा शिव आफैैंले लेखेका हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

यसअघि शिवले आफ्नी छोरी सोना श्रेष्ठलाई लिएर ‘धून’ चलचित्र बनाउने घोषणा गरेका थिए । तर, त्यो घोषणामै सीमित हुन पुगेको थियो । पछिल्लो समय समकालीन अभिनेता भुवन केसी सिनेमा निर्माण र निर्देशनमा लागेपछि शिव पनि चलचित्र बनाउन सक्रिय भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner