बनिनसक्दै ‘शत्रुगते’ले राख्यो रेकर्ड, डिजिटल र ओभरसिज राइट्स अहिलेसम्मकै महंगोमा बिक्री

  • 440
  •  
  •  
  •  
  •  
    440
    Shares

काठमाडौं, ३० पुस । नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को डिजिटल र ओभरसिज राइट्स अहिलेसम्मकै महंगो रकममा बिक्रि भएको छ । अहिले स्टारकास्टका कारण चर्चामा रहेको यो चलचित्रको को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्री भएको हो ।

ओएसआर डिजिटलले फिल्मको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको हो । यती रकमममा अहिलेसम्म कुनैपनि नेपाली चलचित्रको राईट्स विक्रि भएको छैन ।

यो नेपाली चलचित्र क्षेत्रकै रेकर्ड हो । डेब्यु फिल्म ‘जात्रा’मार्फत नै दर्शक तथा परिचय बनाएका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ । फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । फिल्ममा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments