‘साली कसको भेनाको’ मा विल्सनविक्रम राईसँग सुष्मा कार्कीले रोमान्स गर्ने

  • 189
  •  
  •  
  •  
  •  
    189
    Shares

काठमाडौं, ३० पुस । ‘साली कसको भेनाको’ को चलचित्र निर्माण हुने भएको छ । कर्जा, कान्छी, सन्तान जस्ता चलचित्र निर्माण गरिसकेका प्रसाद श्रेष्ठले ‘साली कसको भेनाको’ बनाउन लागेका हुन् । चलचित्रलाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा विल्सनविक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

माघ २ गते चितवनमा शुभमुर्हूत गरेर छायांकन सुरु गरिने ‘साली कसको भेनाको’ को छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्र प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ । ‘साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र हो । चलचित्रमा मगर जातिको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।

दीर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य निर्देशन रहने छ । चलचित्रलाई सुनिलकुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *