तेलगु फिल्म खेल्दै ‘कृ’ की नायिका अदिति बुढाथोकी, अनमोलको तारिफ, बलिउडमा भ्याइ नभ्याइ ! (भिडियो)

  • 1.7K
  • 1
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौं, ३० पुस । चलचित्र ‘कृ’ की नायिका अदिति बुढाथोकी तेलगु फिल्ममा अभिनय गर्नेभएकी छन् । केही बलिउड म्यूजिक भिडियोमा समेत अभिनय गरेकी बुढाथोकीले तेलगु फिल्ममा अभिनय गर्न लागेकी हुन् ।

आइतबार राजधानीमा आफ्नै प्रमोशनका लागि पहिलो पटक पत्रकार सम्मेलन गरेकी बुढाथोकीले यसबारे जानकारी दिएकी हुन् । उनले अभिनय गर्न लागेको तेलगु फिल्म तीन सातापछि घोषणा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

केही समय अघि भारतीय टिभी च्यानल ‘एवीपी न्यूज’को अनलाइन संस्करणमा बुढाथोकीलाई बलिउड अभिनेत्री सन्नी लियोनीसँग तुलना गरेर उनको चर्चा गरिएको थियो । ‘सन्नी लियोनी जस्तै बोल्ड हिरोइनलाई पनि माथ दिँदै यी नेपाली हिरोइन’ भन्ने शीर्षकमा समचार प्रकाशित भएको थियो ।

उनले नेपाली मिडियासँग खासै चिनजान नभएकाले पत्रकार सम्मेलन गरेको बताइन् । उनले भारतको एक कम्पनीसँग मोडलिङका लागि पाँच बर्षको सम्झौता रहेको बताइन् । सम्झौता अनुसार आफुले २ बर्ष काम गरिसकेको उनको भनाई थियो ।

उनी नेपाली चलिचत्र ‘कृ’ मार्फत डेब्यू गर्दैछिन् । जुन चलचित्र माघ २६ मा रिलिज हुनेछ । पत्रकार सम्मेलनमा उनले ‘कृ’ महत्वकांक्षी चलचित्र भएको बताइन् । ‘कृ’ का नायक अनमोल केसीको तारिफमा समय खर्चिएकी बुढाथोकीले हिन्दी फिल्म खेल्न इच्छुक रहेको बताइन् ।

उनले गरेको पत्रकार सम्मेलनमा ‘कृ’ को टिम भने उपस्थित थिएन । फिल्मका नायक केसी, निर्देशक सुरेन्द्र पौडेल, अभिनेता भुवन केसी, निर्माता सुवास गिरी लगायत पत्रकार सम्मेलनमा देखिएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *