रणबीर सिंह र आलिया भट्ट पहिलोपटक ‘गली ब्वाइ’ मा देखिँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० पुस । बलिउडका ‘बाजिराव’ अर्थात रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गली व्वाइ’ अहिले निकै चर्चामा छ । यो फिल्मको सुटिङसँग जोगिएका केही कुरा बाहिर आएका छन् । यो जानकारी आलिया आफैले सार्वजनिक गरेकी हुन् ।

खास कुरा यो हो की ‘गली ब्वाइ’ यस्तो फिल्म हुनेछ्, जसमा रणबीर र आलिया एकैसाथ देखिनेछन् । यो फिल्ममा दुवै स्टार अलग किसिमको रोलमा देखिनेछन् । यो फिल्ममा रणबी र आलियाका साथै कल्कि कोचलिन पनि देखिनेछन् ।

खबर अनुसार फिल्ममा कल्कि पनि एक र्‍यापरकाे भूमिका देखिनेछन् । यो भन्दा पहिला कल्कि जोयाको फिल्म ‘जिन्दगी न मिलेगी दोबारा’मा समेत देखिएकी थिइन् ।

आलियाले ट्वीट मार्फत फिल्मको सुटिङ सुरु भएको जानकारी दिएकी छन् । फिल्मलाई फराहन अख्तरकी बहिनी जोया अख्तरले निर्देशन गरिरहेकी छन् । फिल्मलाई फराहन र रितेश सिधवानीले निर्माण गरेका हुन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments