संखुवासभाको मकालु गाँउपालिकामा जिप दुर्घटना, गाँउपालिकाका अध्यक्ष सहित ५ को मृत्यु

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, ३० पुस । संखुवासभा–भोटखोला गाउँपालिकाको हटियामा जिप दुर्घटना हुँदा गाँउपलिकाका अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मकालु गाँउपालिकाको गढीबजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ५ च १३०९ नम्बरको स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रिय आयोजना कार्यान्वयन ईकाईको जिप मकालु गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा आईतबार दिउसो १२ बजे दुर्घटना भएको थियो । जिप सडकबाट करिव ३ सय मिटर तल झरेको छ ।

दुर्घटनामा परी सोही गाँउपालिकाका अध्यक्ष खड्ग कुटुवाल सहित ५ जनाको मृत्युभएको  छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments