‘बटरफ्लाई’लाई दर्शकको मिश्रित प्रतिक्रिया

  • 107
  •  
  •  
  •  
  •  
    107
    Shares
काठमाडौँ, ३० पुस । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बटरफ्लाई’ले दर्शक तथा समिक्षमबाट मिश्रित प्रतिक्रिया पायो । वियोगान्त प्रेम बोल्ने फिल्ममा आर्यन अधिकारी र प्रियंका कार्कीसँगै अर्का अभिनेता अर्पण थापाको कामलाई दर्शकले मन पराएका छन् ।
फिल्मको दुई दिनको ब्यापारिक रिपोर्ट प्राप्त छैन् । निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ । निर्देशक ओम प्रतिक गुरुङले शनिबार देशैभर फिल्मलाई दर्शकको राम्रो साथ मिलेको भन्दै केहि पर्दा हाउसफुल बनेको बताए । ‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ, गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’
फिल्मले उठाएको विषयवस्तुलाई दर्शकले मन पराएको निर्देशक गुरुङले दाबी गरे । फिल्मले एकतर्फी प्रेम गर्ने एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गर्ने त्याग र संघर्षको कथा बोल्छ । डेब्यू फिल्म ‘के म तिम्रो होइन र’बाट एक्सन अबतार सहित उदाएका आर्यनले यो पटक लभर ब्वाई बन्दा जिवन्त अभिनय पस्केका छन् ।
फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner