म्यानचेस्टर युनाइटेड नेयमारका लागि ४४४ मिलियन पाउण्ड तिर्न तयार

  • 703
  •  
  •  
  •  
  •  
    703
    Shares

काठमाडौं, ३० पुस । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेयमारलाई भित्राउन म्याचेस्टर युनाइटेड इच्छुक देखिएको छ । यही सिजन २२२ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका नेयमारलाई युनाइटेड ४४४ मिलियन पाउण्ड खर्चिन तयार भएको खबर आएको छ । २५ बर्षिय ब्राजिलियनलाई पिएसजीले तिरेको भन्दा दोब्बर बढी तिर्न तयार रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेयमारलाई अनुबन्ध गर्न रियल मड्रिडले प्रयास गरिरहेका बेला म्यानचेस्टर युनाइटेड पनि उनलाई भित्राउन अघि बढेको हो । केही समय यता नेयमारलाई अनुबन्ध गर्न रियलले गरेको प्रयासमा उनी सकारात्मक रहेको खबर सार्वजनिक भइरहेका छन् । यो अवस्थामा युनाइटेडले रियललाई कडा टक्कर दिँदै रियलको भन्दा बढी रकम खर्चने तयारी गरेको हो ।

रियलले नेयमारलाई अनुबन्ध गर्न तीन सय ५६ मिलियन पाउण्ड तिर्न तयार रहेको खबर सार्वजनिक भएको भोली पल्टै म्यानचेस्टर युनाइटेड त्यो भन्दा बढी तिर्न तयार रहेको खबर आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *