भगवान बुद्धका बारेमा छरिएकाे भ्रम चिर्दै गायक धिरज राई, गिनिज बुकमा नाम लेखाउन ५० हजार मानिसलाई भेला पार्दै (भिडियो)

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ, ४ माघ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हाे । तर, गलत उद्देश्यले गाैतम बुद्धकाे जन्मस्थान भारत रहेकाे भ्रम छरेकाे पनि भेटिन्छ । यिनै भ्रम चिर्न बुद्धकाे जन्मस्थान ‘नेपालकाे लुम्बिनी’ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता गराउन अग्रसर भएका छन्, गायक धिरज राई । यस कार्यमा गायक राईलाई ५० हजार नेपालीकाे साथ चाहिएकाे उनले बताए ।

करिब एक दशक अघि स्नातकाेत्तर तह अध्ययनका क्रममा ‘हिस्टाेरी अफ दि नाेलेज’ पुस्तकमा बुद्धकाे जन्म भारतमा उल्लेख गरिएकाे फेला पारेपछि गायक राईको मन दुखेकाे थियो । उच्च तहमा पनि यस्ता गलत अध्यापन गराइँदा किन कसैले विराेध गरेनन् ? उनलाई यसले चिमाेटेकाे थियाे । उनले अठाेट गरे, याे भ्रमकाे म अन्त्य गर्छु ।

काेर्षका किताबमा मात्रै हाेइन हिन्दी टेलिसिरियलमा समेत बुद्ध भन्ने टिभी शो प्रसारण हुन थालेपछि गायक राईले थालेकाे आन्दोलन र विद्रोहबाट त्यो पुस्तक हटाइएको थियो । यसपछि आफ्नाे गायन कला मार्फत गीतका माध्यमबाट पनि उनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश देश विदेश पुर्‍याए । उनले ‘बुद्ध वाज बर्न इन नेपाल’ नामक गीति एल्बम नै ल्याए ।

अहिले गायक राई ५० हजार नेपालीलाई एक ठाउँमा भेला गराएर बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिन र गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता गराउने कार्यमा लागेका छन् । ५० हजार मानिस भएका स्थानमा बुद्धबारे एक जना गुरुले प्रवचन दिने छन् । गुरुले दिएकाे प्रवचनका शब्दहरु सहभागी ५० हजार मानिसले दाेहाेर्‍याएर वर्ल्ड रेकर्ड कायम गर्ने कार्यमा गायक राई सक्रिय भएका हुन् । उनलाई साथ दिएका छन्, पत्रकार रवि लामिछानेले ।

भिडियाे: शंकर गिरी/ मिडिया एनपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner