बाल्यकालका बद्‌मास अनमोल केसी आफ्नै शिक्षिकालाई प्रेम प्रस्ताव राख्न चाहन्थे (भिडियो)

  • 938
  •  
  •  
  •  
  •  
    938
    Shares

काठमाडौं, ६ माघ । अनमोल केसी नेपाली चलचित्र उद्योगका चर्चित नायक हुन् । उनी अभिनित चलचित्र सफल भएका छन् । पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र ‘कृ’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नायक भुवन केसीका छोरा समेत रहेका अनमोल महङ्गो नायकमा पर्छन् । उनीको स्वभाव, पर्सनालिटी आकर्षक छ । तर, यिनै नायक अनमोलको बालपन कसरी बित्यो, विद्यार्थी जीवन कसरी बिताए ? यो जिज्ञासा मिडिया एनपीले राख्यो । उनी भन्छन्, ‘म निकै बद्मास स्वभावको थिएँ ।’

दुईपटक विद्यालयबाट निष्काशनमा परेका अनमोलले आफ्नै गुरुआमालाई मन पराउँथे । मन पराएको शिक्षिकालाई प्रेम प्रस्ताव राख्ने इच्छा अनमोलको पूरा भएन । तर, लभलेटर किताबमा राखिदिएको भनेर केटीहरुको पिटाइ भने अनमोलले खाएका थिए । उनले भने, ‘केटीको किताबमा कसले लभलेटर राखिदिएछन्, तर दोष चैं मलाई दिए, लभलेटर राखिदिएको भनेर केटीहरुले मलाई पिटे ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner