किन दिल्ली जाँदैछन् पूर्वराजा, यस्तो छ रहस्य

  • 333
  •  
  •  
  •  
  •  
    333
    Shares

काठमाडौं, १५ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि एकपटक भारत भ्रमणमा जाने भएका छन् । केही समयअघि पश्चिम नेपालको भ्रमणका क्रममा भारतको उत्तर प्रदेश पुगेका उनी चाँडै नयाँ दिल्ली जान लागेका हुन् ।

स्रोतका अनुसार नयाँ दिल्लीमा उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको कार्यक्रमसमेत तय भइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटवार्तामा पूर्वराजाले मोदीसँगको भेटघाटको समय मिलाउन आग्रह गरेका थिए । त्यतिबेला नमिले पनि मोदीसँग चाँडै हुने भेटघाट आफ्ना लागि निकै फलदायी हुनेमा पूर्वराजा शाह आशावादी छन् ।

पूर्वराजा शाहलाई भेट्नुअघि पनि र भेटघाटपछि पनि मुख्यमन्त्री योगीले प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । योगीकै मध्यस्थतामा पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट हुने कार्यक्रम तय भएको समाचार स्रोतको दाबी छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीका सहयोगीहरू यतिबेला पूर्वराजा शाहको भारत भ्रमणको कार्यक्रम तय गर्न नेपाल आएका छन् ।

नेपाललाई हिन्दु राज्य कसरी बनाउन सकिन्छ भन्नेमा पहल गर्न पूर्वराजाले विशेष चासो देखाएका छन् । पूर्वराजाले मोदीसँगको भेटमा नेपाललाई हिन्दु राज्य बनाउने विषयमा छलफल हुने बुझिएको छ । आफ्नो अभियानमा कुनै सहयोग नभएपछि पूर्वराजाले यसअघि बुहारी हिमानीलाई नयाँ दिल्ली पठाउँदै आएका थिए । केही समयअघि एमाले अध्यक्ष केपी ओली बैंकक गएका बेला हिमानी पनि उहीँ पुगेकी थिइन् । बैंककमा ओली, मोदीका प्रतिनिधि र हिमानीबीच ‘गोप्य भेटवार्ता’ भएको समाचार त्यसबेलै आइसकेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विशेष सहयोगी एवं देवीपाटन मन्दिर, बलरामपुर तुलसीपुरका महन्थ मिथिलेश नाथ महाराजसहितको तीन सदस्यीय टोली यतिबेला काठमाडौंमा छ । उक्त टोलीमा योगी विनोद नाथ र योगी दीनानाथ पनि सहभागी छन् । उनीहरू सबै हिन्दु धर्मका अभियान्ता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner