अञ्जु पन्त सफल गायिका कि असफल ? यस्तो छ अञ्जुको बयान (भिडियो)

  • 566
  •  
  •  
  •  
  •  
    566
    Shares

इन्दु पाण्डेय

काठमाडौं, १५ माघ । चर्चित र व्यस्त गायिका मध्य कि एक हुन्– अञ्जु पन्त । ‘गाथा’ एल्बममा समावेश ‘यस्तो एउटा कथा रैछ संसारमा’ बोलको गीतले अञ्जुलाई सांगीतिक क्षेत्रमा परिचित मात्रै गराएन, स्थापित नै गरायो । युट्युबमा करोड भिउज पाउनेदेखि सीआरबीटी र पीआरबीटीमा समेत धेरै गीत प्रयोग अञ्जु पन्तकै हुने गरेका छन् ।

गायिका अञ्जुलाई नचिन्ने कमै होलान, उनका फ्यान पनि उत्तिकै छन् । देश विदेशमा आफ्नो फ्यान रहेको बताउने अञ्जु आफूलाई भेट्न आएका युवतीहरु हर्षले आँसु बगाउँदा निकै खुसीले लाग्ने गरेको अनुभव सुनाउँछिन् ।

मिडिया एनपीसँगको कुराकानीमा गायिका अञ्जुले चलचित्र क्षेत्रबाट पनि अफर आउने गरेको जानकारी दिइन् । तर, चलचित्रमा खासै रुची नरहेको उनको भनाइ छ । युट्युबमा आफ्ना गीतले करोड भिउज पाउँदा र सीआरबीटी र पीआरबीटीमा पनि धेरै गीत प्रयोग भएको देख्दा गायन क्षेत्रमा आफूले सफलता पाएको अनुभव गर्छिन्, गायिका अञ्जु पन्त ।

अञ्जुले अमेरिकामा गीत रेकर्ड गर्ने क्रममा पाकिस्तानी र बंगलादेशी श्रस्टा आफूबाट प्रभावित भएको बताइन् । उनीहरुले बंगाली गीत गाउन गरेको अफरलाई समेत सदुपयोग गरेको अञ्जुले जानकारी दिइन् । आफ्नो छोरीको प्रशंसा गरेर कहिले नथाक्ने अन्जुले छोरी नै आफ्नो बेस्ट फ्रेण्ड रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner