स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा चुडामणि शर्माविरुद्ध अर्काे मुद्दा दायर

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध  चार करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।

आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफथ गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner