सलमान खानको ‘किक २’ बन्ने, कहिले हुन्छ रिलिज ?

  • 198
  •  
  •  
  •  
  •  
    198
    Shares

काठमाडौं, २५ माघ । बलिउड सुपरस्टार सलमान खान अभिनित ‘किक’ को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माताले ‘किक २’ बन्ने ट्वीटर मार्फत घोषणा गरेका छन् ।

फिल्म निर्माण कम्पनीको ट्वीटर ह्याण्डल नाडियावाला ग्राण्डसनले लेखेको छ, ‘अब प्रतिक्षा समाप्त भएको छ ! साजिद नाडियाडवालाको किक २’ मा सलमान खान देखिने छन् ।’ फिल्म २०१९ को क्रिमसमा रिलिज हुनेछ ।

२५ जुलाई २०१४ मा आएको सलमान खानको फिल्म ‘किक’ ले बक्स अफिस राम्रो व्यापार गरेको थियो । सलमान खान अहिले ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि उनका फिल्म ‘भारत’ र ‘दबंग ३’ को छायांकनमा सुरू हुने बताइएको छ । ‘किक २’ को छायांकन भने आगामी वर्षबाट मात्रै सुरु हुने बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 48