१५ वर्षपछि ‘राजा’ को हैसियतमा ज्ञानेन्द्र शाहबाट जगन्नाथपुरीमा पूजाअर्चना, उडिसाको गाईको सम्बद्र्धन गर्दै (फोटो फिचर)

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाडौं, २५ माघ । गद्दीच्यूत भएको १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले भारतमा ‘राजा’ को हैसियतमा सम्मान पाएका छन् । सोमबार नेपालबाट भारत प्रस्थान गरेका बुधबा पूर्वराजा र उडिसा पुगी ‘लोपोन्मुख’ भारतीय देशी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने मिसन ‘वाउ काउ’ कार्यक्रमको उदघाटन गरे ।

उडिसाको राठीपुरमा भएको अन्तर्राष्ट्रय गौ सम्वद्र्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको थियो । पूर्वराजालाई जगद्गुरु शंकराचार्य श्री निश्चलानन्द सरस्वतीजी महाराजले निमन्त्रणा गरेका थिए । पूर्वराजालाई बिजु पटनायक अन्तर्राष्ट्रिय एयरपोर्ट भुवनेश्वरमा उडिसा सरकारका अतिरिक्त मुख्यसचिव तथा आयोजक संस्थाका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा पूर्वराजाले भनेका थिए, सनातन धर्मले हाम्रा पुराना संस्कृति, सोचाइ, शरीर र आत्मालाई शुद्धता प्रदान गर्छ ।’ उनले गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ । उडिसाको धार्मिक कार्यक्रममा पुग्दा शाहलाई ‘नेपाल राजा’ भनेर स्थानीय सञ्चारमाध्यमले सम्बोधन गरेका थिए । शाहले ‘राजा’ कै हैसियतमा उडिसाको चर्चित जगन्नाथपुरी मन्दिरमा पूजाअर्चना गर्दैछन् । सो मन्दिरको शंकराचार्य निश्चलानन्द सरस्वती हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *