छिमेकीलाई बारम्बार ‘बिहे कहिले गर्ने ?’ भनेर नसोध्नुस्, ज्यानै जान सक्छ !

  • 289
  •  
  •  
  •  
  •  
    289
    Shares

काठमाडौं। नेपाली समाजमा १८ बर्ष पुगेपछि अधिकांशको प्रश्न हुन्छ, विवाह कहिले गर्ने ? विवाहित कि अविवाहित ? केटी हेर्नुभएको छ ? यो तपाई हामीले भोगिरहेका छौं या भोगिसकेका छौं । तर यस्ता प्रश्न बारम्बार नगर्नुहोस् किनकी तपाईको ज्यान जान जान सक्छ !

यस्तै प्रश्न गर्ने एक इन्डिोनेसियाका नागरिकले ज्यान गुमाउन परेको छ । यो घटना जनवरी १९ मा इन्डोनेसिया स्थित कम्पङ पासर जोङको हो । एक २८ बर्षिय व्यक्तिले आफ्ना छिमेकीले कहीले विवाह गर्नुहुन्छ ? भनेर सोधिरहेपछि हत्या गरेका छन् ।

एस्ट्रो अवानी र सिनर हिरियनका अनुसार २८ बर्षिय फेज नर्डिन जब आफ्नो घरको अघि बसिरहेका थिए, तब उनकी ३२ बर्षिया गर्भवती छिमेकी अशिहा उनीसँग कुरा गर्न आइन ।

आशिहाले नर्डिनलाई छिटो विवाह गर, अरूले विवाह गरिसके, तिमी किन अझै अविवाहित छौं ? भनेर सोधिन् । आशिहाले बारम्बार यही प्रश्न सोधिरहेपछि आर्डिनले अपमानित भएको महशुस गरे ।

एकदिन आशिहाले नर्डिनलाई आफ्नो बेडरूमा बोलाएकी थिइन् । नर्डिन आशिहाको रूममा गए र आशिहालाई धकेलेर ओछ्यानमा लडाए । आशिहा नर्डिनसँग झगडा गरेर उम्कन खोजिन्, तर नार्डिनले उनलाई हात थिचेर मारिदिए ।

प्रहरीले उक्त कोठाबाट केही पैसा र एक स्मार्टफोन फेला परेको जनाएको छ । त्यसपछि नार्डिन जर्काता तर्फ भाग्ने प्रयास गरे भाग्ने प्रयास गरे, तर प्रहरीले उनको खुट्टामा गोली चलाएर समातेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 55 = 65