फेवातालको जलकुम्भी झार अब मेसिनबाट झिकिने

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

कास्की, २५ माघ । कास्कीको पोखरास्थित फेवातालमा रहेको फोहोर तथा जलकुम्भी झार मेसिनबाट झिक्न सुरु गरिएको छ । एक करोड २५ लाख रुपैयाँमा लाइएको जलकुम्भी झार निकाल्ने मेसिन बिहीबार उद्घाटन गरिएको हो ।फेवातालको बाराही घाटमा आयोजित कार्यक्रममा कास्कीका सांसद रवीन्द्र अधिकारीले मेसिनको औपचारिक उद्घाटन गरेका हुन् ।

उक्त मेसिन सांसद अधिकारीको अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी झार निकाल्ने मेसिन किनिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *