‘हुन्नरी’ मार्फत दीपक र दीपाले गरे विवाह

  • 164
  •  
  •  
  •  
  •  
    164
    Shares

काठमाडौँ । हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारीरिक रूपले अशक्त सोझो गाउँले केटाको भूमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भूमिका देखिएकी छिन् । समाजलाई चुनौती दिँदै यी दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई चलचित्रमा देखाइको छ ।

सामाजिक सुरक्षा भत्ताको सहीसदुपयोग भएमा थोपा थोपा सङ्कलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दएको छ । केन्द्रीय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 ÷ = 7