प्रधानमन्त्रीले बुझे उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको प्रतिवेदन

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो ।

गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र नीति सम्बन्धबारे सुझाव दिने गरी तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा १६ सदस्यीय कार्यदल बनाएको थियो ।

नेपालको संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वापरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति कस्तो हुनुपर्छ भन्ने सुझाव दिन कार्यदल बनेको थियो ।

विश्वमा सम्बन्धहरुको बदलिँदो आयामको पहिचान गर्ने, विस्तृत परराष्ट्र नीति एवं छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रूपमा अपनाउनुपर्ने प्राथमिकता तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवं बहुपक्षीय कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न आयामका क्षेत्रगत नीतिको पुनर्मूल्यांकन गर्ने कार्यादेश कार्यदललाई दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 + = 94