अशोक शर्माको ‘जय भोले’ शिवरात्रीको दिनबाट फ्लोरमा जाने

  • 107
  •  
  •  
  •  
  •  
    107
    Shares

काठमाडौं, २५ माघ । चलचित्र ‘जय भले’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर निर्माण घोषणा गरिएको ‘जय भोले’लाई अशोक शर्माले निर्देशन गर्नेछन् ।

आउँदो फागुन १ गते शिवरात्रीको दिनबाट फ्लोरमा जाने लागेको सो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, बसुन्धरा भुषाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी, अशोक शर्मालगायत कलाकारको अभिनय रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एए ग्रुप अफ कम्पनीज , फिल्म वर्ल्ड प्रा.लि.को ब्यानरमा बन्न लागेको ‘जय भोले’लाई किरण शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गर्ने भएका हुन् ।

करिब एक करोड ६० लाख अनुमानित लागतमा निर्माण गरिन लागेको उक्त चलचित्र आउँदो दशैंको फूलपातिका दिन रिलिज गरिने लक्ष्य लिइएको छ । उक्त चलचित्रमा दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई देखाइने निर्देशक अशोक शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 29 = 39