वामपन्थी र दक्षिणपन्थी एकै ठाउँमा हुने भारतीय कूटनीतिज्ञको खुलासा

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं, २६ माघ । नेपालस्थित भारतीय दूतावासका एक कूटनीतिज्ञले नेपालका वामपन्थी र दक्षिणपन्थीहरुबीच मिलन हुने दावी गरेका छन् । काठमाडौंबाट प्रकाशित हुने मध्यान्ह दैनिकलाई दिएको अन्तर्वार्तामा कूटनीतिज्ञ महेशचन्द्र शर्माले भनेका छन्, ‘वामपन्थी होस् या दक्षिणपन्थ उनीहरुको अन्तिम विन्दु भनेको एकै ठाउँमा गएर मिल्नु हो ।’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको बहस चलिरहेका बेला उनले कुनै पनि हालतमा उनीहरुबीच एकता नहुने दाबी गरेका छन् । कूटनीतिक भाषामा उनले भनेका छन्, ‘अहिले एमाले र माओवादी केन्द्र कुनै पनि हालतमा एकै ठाउँ हुनै सक्दैनन्, उनीहरुको सिद्धान्त नै फरक छ त्यो खेल सुरु भइसकेको छ ।’

शर्माको कूटनीतिज्ञ शब्दलाई मध्यनजर गर्ने हो भने अबको सरकार माओवादी केन्द्र र कांग्रेसबीच या एमाले र मधेसवादी दलबीच हुने संकेतलाई नकार्न सकिँदैन ।

उनको संकेतमा के बुझन गाह्रो पर्दैन भने, वामपन्थीहरु कहिले पनि एकै ठाउँ हुन सक्दैनन् र दक्षिणपन्थीहरु पनि एकै ठाउँ हुन सक्दैनन् त्यसले गर्दा मिलनविन्दु भनेको वामपन्थी र दक्षिणपन्थीबीचको मिलनविन्दु नै हो ।

उनको तर्क छ, त्रिशूली नदी या गण्डकी नदी हिन्द महासागरमा गएर मिल्छ, त्यसै गरी माओवादी केन्द्र र कांग्रेसबीच एकता हुन्छ या एमाले र मधेसवादीबीच एकता हुन्छ यो भन्दा दोस्रो विकल्प नै छैन ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणको ढिलाइ र नयाँ सरकार गठन प्रक्रिया पनि अन्योलको स्थितिमा शर्माको यस्तो अभिव्यक्ति आउनु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अचानक भएको दुईदिने नेपाल भ्रमणलाई अर्थपूर्ण मानिँदै आएको छ ।

अझ विदेशमन्त्री स्वराजले एमाले, माओवादी केन्द्र र राजपालाई प्राथमिकताका साथ छुट्टाछुट्टै घण्टौं कुरा गरेपछि आएको शर्माको अन्तर्वार्ता निकै अर्थपूर्ण रहेको विश्लेषकहरूको बुझाई छ । केही दिनदेखि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको वार्ता भंग हुनुलाई धेरैले त्यही संकेतका रूपमा बुझेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 86 = 95