रणबीर–आलिया एक अर्काको प्रेममा !

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २६ माघ । बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्ट फिल्म ‘ब्रम्हास्त्र’ मा एक साथ देखिदैछन् । फिल्मलाई अयान मुखर्जीले निर्माण गर्न लागेका हुन् ।

तर फिल्म निर्माण हुने घोषणा भएसँगै रणवीर र आलियाबीच अफेयर चलेको खबरले बलिउड तताएको छ । भारतीय सञ्चार माध्यमहरुले रणबीर र भट्टबीच आफेयर सुरू भएको दावी गरेका छन् । केही संचारमाध्यम भने अफेयरको हल्ला साँचो नभएको बताइरहेका छन् । आफेयरको चर्चा फिल्मको प्रमोशनका लागि ‘स्टन्ट’ को रूपमा ल्याइएको उनीहरूको दावी छ ।

उनीहरुबीच लभ अफेयर चलिरहेको दावी गर्ने सञ्चार माध्यमहरुले दुबै जना सिंगल भएकाले उनीहरु एक–अर्काको नजिक भइरहेको बताएका छन् । रणबीर कैटरीना कैफसँग अलग भइसकेका छन् भने आलिया भट्ट र सिद्धार्थ मल्होत्राको पनि ब्रेक अप भइसकेको छ ।

यी खबरहरुलाई पुष्टि गर्ने गरी रणबीर र आलिया अवार्ड फङ्क्शन र सार्वजनिक समारोहमा एक साथ उपस्थित हुँदै आएका छन् । उनीहरु नयाँ वर्षमा फिल्मको छायांकनका लागि इजरायल गएका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =