स्थानीयवासीको सक्रियतामा बाराहीटोलमा मोटरबाटो निर्माण

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

रामपुर, पाल्पा, २६ माघ ।  स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका–३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ ।

पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँदेखि बाराही टोलसम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हँुदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी भएका छन् ।

पूर्वखोला गाउँपालिकाको रु ५० हजार र स्थानीवासीको रु एक लाख २५ हजार गरी जम्मा रु एक लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हुम नेपालीले बताउनुभयो । यहाँ मोटरबाटो निर्माण भएपछि बाराही टोलका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 5