वागमतीको फोहोर पानीबाट २२ मेगावाट विद्युत, सुरुङको ‘ब्रेक थ्रु’

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं, २६ माघ । बागमतीको फोहोर पानीबाट २२ मेगावाट विद्युत निकाल्ने बागमती साना जलविद्युत आयोजनाको सुरुङको ‘ब्रेक थ्र’ भएको छ ।

बागमती नदीमा पानी नभएको र फोहोर दुर्गन्ध मात्रै भएको भन्ने बुझाइलाई चिर्दैै २२ मेगावाट विद्युत निकाल्ने कार्य सफल रुपमा अघि बढेको हो । काठमाडौं उपत्यकाको फोहोर बोकेर मकवानपुर पुगेको बागमतीबाट विद्युत निकाल्न लागिएको हो । मकवानपुरको कुलेखानी आसपासमा आयोजनास्थल रहने रहेको यो योजनाको २०७२ साल जेठबाट सुरु गरिएको हो ।

२०७५ साल असारमा बत्ति निकाल्ने लक्ष्यका साथ अघि बढाइएको योजना निर्माणको कामले यही माघ महिनामा सुरुङको ब्रेक थ्रु गरेको निर्माणको जिम्मेवारी मान्दु हाइड्रो पावर कम्पनीले जनाएको छ । २४४० लम्बाइ रहेको सो आयोजनाको २.४ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ ।

कूल २० मेगावाट क्षमताको सो आयोजनाको लागतको अनुमान चार अर्ब २३ करोड रहेको छ । सो आयोजनाबाट उत्पादित बिजुली वर्षाकालमा चार रुपैयाँ ४० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरमा खरिद गर्ने सम्झौतासमेत नेपाल विद्युत् प्राधिकरणसँग भइसकेको बताइएको छ । सो आयोजनाबाट उत्पादित बिजुली कुल १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत कुलेखानी जलविद्युत् आयोजनाको सवस्टेसनमा जोडिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 2 = 4