विराटनगरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

उर्लाबारी, मोरङ, २६ माघ ।  विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ ।

बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएकामा विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =