यसरी बनाउनु होस् साँधेको स्वादमा कुखुराको मासु

  • 685
  •  
  •  
  •  
  •  
    685
    Shares

साँधेको कुखुराको मासु संसारभर प्रचलित परिकार हो । स्पाइसी चिकेनको नामले यो सबैतिर चर्चित छ । प्रायः रेस्टुरेन्टहरूमा यो स्वाद लिने गरिन्छ । तर, कुखुराको मासु घरमै पनि साँधेर खान सकिन्छ ।

 

बनाउने तरिका 
०   कुखुराको मासुका पिस पानीमा उमाल्ने । करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ । पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने । उमालेको पानी तर्‍याउनुपर्छ ।
०   मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने । केही बेर यत्तिकै रहन दिने ।
०  अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने । तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने ।
०   तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने । अब फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने ।
०   केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ । यसरी साँधेको कुखुराको मासु (स्पाइसी चिकेन) खाना र खाजासँग खाना पनि निकै स्वादिलो हुन्छ ।

आवश्यक सामग्री 
२५० ग्राम पिस पारेको चिकेन, ५० एमएल तोरीको तेल, ५० ग्राम अदुवा/लसुन, ५० ग्राम धनियाँ, २० ग्राम हरियो खुसार्नी, एक चियाचम्चा बेसार, एक चियाचम्चा नुन, सानो आधा चम्चा बेसार, केही दाना मेथी, चिकेन मसला दुई चम्चा ।

नोट : माथि दिइएको मात्रा प्रतिव्यक्तिका लागि हो । खाने व्यक्तिअनुसार मात्रा थप गर्न सकिन्छ । नयाँ  पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 ÷ 6 =