महाभारतका भीम ‘ब्रम्हास्त्र’मा ! बने सबैभन्दा महँगा भिलेन

  • 359
  •  
  •  
  •  
  •  
    359
    Shares

काठमाडौं, २७ माघ । २०१९ का सबैभन्दा ठूला फिल्मको सूचीमा छ, धर्मा प्रोडक्शनको ‘ब्रम्हास्त्र’ । रणबीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन स्टारर फिल्मलाई आयान मुखर्जीले निर्देशन गरिरहेका छन् । फिल्म अहिले फ्लोरमा गएको छ । फिलमको भिलेन समेत फाइनल गरिएको बताइएको छ ।

फिल्ममा टिभी एक्टर सौरभ गर्जुर भिलेनकारूपमा देखिने भएका छन् । सौरभ ‘महाभारत’ मा भीमको भूमिकामा देखिएका छन् । उनले ‘ब्रम्हास्त्र’बाट फिल्ममा डेब्यू गर्न लागेका हुन् ।

बलिउडमा पहिलो पटक यस्तो हुँदैछ, एक फिल्म तीन पार्टमा रिलिज हुनेछ । यही कारण यो फिल्म करण जौहरीको महत्वकांक्षी प्रोजेक्ट हो । यो एक काल्पनिक एडभेन्चरलभ स्टोरी फिल्म हो । पिल्ममा रणबीर कपूर सुपरहिरो बनेका छन्, उनकी प्रमिकाको भूमिका आलिया भट्ट देखिनेछिन् ।

करणले २०१९ को अगस्ट १५ मा फिल्मको पहिलो पार्ट रिलिज हुने बताएका छन् । त्यसपछि दुई बर्षको फरकमा फिल्म रिलिज गरिनेछ । उनले फिल्मका लागि कडा मेहनत गरिरहेको बताएका छन् । रिपोर्ट अनुसार फिल्म ठूलो बजेटमा निर्माण हुन लागेको छ । फिल्मको एक्शन सिनका लागि निर्देशक मुर्जीले हडिउडबाट टेक्निशियन बलाउने तयारी गरेका छन् । यो फिल्म धर्मा प्रोडक्शनको सबैभन्दा ठूलो फिल्म हुन सक्ने बताइएको छ । यो फिल्म लगभग १०० करोडको बजेटमा बन्न लागेको छ ।

निर्देशक मुर्जीले फिल्ममा खतरनाक एक्शसन हुनेछन् । एक्सनका लागि जिम्नास्टिक, घोडचढी लगायतका तालिम समेत हुने बताइएको छ । फिल्ममा अमिताभ बच्चनले महत्वपूर्ण भूमिका निभाउनेछन् । फिल्ममा मौनी राय समेत हुने बताइएको छ । मौनी नेगेटिभ रोलमा देखिनेछिन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *